नेपाल सरकार
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

Notice of Account Section of DOI Nepal

लोक कल्याणकारी विज्ञापन प्रकाशित गरे वापतको रकम भुक्तानी प्राप्त गर्ने
सम्वन्धी सूचना

प्रेस काउन्सिल नेपालवाट वर्गिकरणमा परेका पत्रिकाहरुलाई नेपाल सरकारवाट तोकिएको दरमा लोक कल्याणकारी विज्ञापन प्रकाशन वापतको रकम वितरण गर्दै आएको । नेपाल सरकारले यसरी भुक्तानी गरिने रकम अर्थ मन्त्रालयको बजेट शिर्षक सामाजिक सेवा शर्शत अनुदान शिर्षकमा व्यवस्था गरेको छ । यसरी प्राप्त गरिने रकम निर्शत अनुदान नभई शशर्त अनुदान वापतको भुक्तानी हो । शशर्त अनुदान रकम भुक्तानी गर्दा भुक्तानी प्राप्त गर्ने र दिने दुवैले अपनाएको शर्तहरु पालना गर्नु कानूनी वाध्यता हुन्छ ।


लोक कल्याणकारी विज्ञापनरकम भुक्तानीको लागि हाल लागू गरिएका शर्तहरु निम्न अनुसार रहेको :-

  • पत्रिका प्रकाशित भएको मितिले उपत्यकाको हकमा ७ दिन भित्र र उपत्यका वाहिरको हकमा १५ दिन भित्र सूचना विभाग, सम्वन्धित संचार केन्द्र र प्रेस काउन्सिल नेपालमा उपलव्ध गराउनु पर्ने ।
  • पत्रिकाहरुले विभागवाट तोकिएको साईजमा र स्थानमा विज्ञापन छाप्नु पर्ने ।
  • पत्रिकाको प्रत्येक अंकमा आलो पालो गरी विज्ञापन प्रकाशित गर्नु पर्ने । तर दैनिक पत्रिकाको हकमा महिनामा ८ पटक मात्र लोक कल्याणकारी विज्ञापन छपाए पुग्ने व्यवस्था गरिएको ।
  • विज्ञापन रकम भुक्तानीको लागि महिना समाप्त भएको मितिले ७ दिन भित्र विल, निवेदन एवं प्रकाशित विज्ञापनको कटिगं समेत पेश गरी भुक्तानी माग दावि गर्नु पर्ने व्यवस्था ।


उपरोक्त नीतिगत व्यवस्था गत वर्ष देखीनै अनिवार्य रुपमा पालना गर्न गराउन मिति २०६७/४/४ मा दैनिक गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । तर त्यो सूचना सवै निकायले थाहा पाउन नसकेको भन्ने गुनासो आएकोले सम्वन्धित सवैको जानकारीको लागि मिति २०६८/०३/२९ गते बुधवार निम्न बमोजिमको सूचना दैनिक गोरखा पत्रमा प्रकाशित भएको छ ।


नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग


लोक कल्याणकारी विज्ञापन प्रकाशित गरे वापतको रकम भुक्तानी प्राप्त गर्ने
सम्वन्धी अत्यन्त जरुरी सूचना
 
सूचना प्रकाशित मिति २०६८/३/२९


प्रेस काउन्सिल नेपालबाट वर्गिकरणमा परेका पत्र(पत्रिकाहरुले विभागवाट उपलव्ध गराईने लोक कल्याणकारी विज्ञापन प्रकाशित गरे वापत भुक्तानी प्राप्त गर्न निवेदन दिने सम्वन्धमा सूचना तथा संचार मन्त्रालयवाट विभिन्न मिति मा भएको नीतिगत निर्णय मिति २०६७ श्रावण देखि पूर्ण रुपमा नियमन (लागू) गरिने छ भनि मिति २०६७/४/४ को गोरखापत्र दैनिकमा सूचना प्रकाशित भएकोमा अझै पनि केही संचार प्रतिष्ठानहरुले आफूहरुलाई सूचनावारे कुनै जानकारी नभएको भनि आफू खुसी एक मुष्ठ पत्रिका दर्ता गर्न ल्याउने एवं एकमुष्ठ भुक्तानी माग दावी गर्ने गरेकोले मिति २०६८ श्रावण १ देखि लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानीमा निम्न बुदांहरु कडाईका साथ पालना गर्नु गराउनु पर्ने भएकोले सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१.उपत्यका भित्रवाट प्रकाशित हुने पत्र पत्रिकाहरुले पत्र पत्रिका प्रकाशित भएको मितिले ७ दिन र उपत्यका बाहिरवाट प्रकाशित हुने पत्र पत्रिकाहरुले १५ दिन भित्र अनिवार्य रुपमा सूचना विभाग वा सम्वन्धित संचार केन्द्रमा पत्र पत्रिका बुझाई सक्नु पर्ने छ । सो मिति भन्दा पछि प्राप्त हुन आएका पत्र पत्रिकाहरुको सम्वन्धमा लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी हुने छैन ।
२.रकम भुक्तानीका लागि महिना भुक्तान भएको मितिले ७ दिनभित्र निवेदन, वील बिजक सहित भुक्तानी माग दावी गर्नु पर्नेछ । यसरी वील विजक सहित भुक्तानी माग गरेको पत्र विभाग र सम्वन्धित संचार केन्द्रको मूल दर्तामा दर्ता गर्नु पर्ने भएकोले सो मिति भन्दा पछि दर्ता हुन आएका निवेदनहरुको भुक्तानी गर्न वाध्य हुने छैन ।
३.विभागबाट निर्दिष्ट गरिएको आकार र तोकिएको स्थानमा विज्ञापन प्रकाशित नगरेका पत्र पत्रिकाहरुलाई रकम भुक्तानी गरिने छैन ।
४.मिति २०६८/४/१ देखि लोक कल्याणकारी विज्ञापन रकम माग दावी गर्दा सम्वन्धित आन्तरिक राजश्व कार्यालयले उपलव्ध गराएको PAN वा VAT दर्ता नं.अंकित विल विजक अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । प्रथम पटक भुक्तानी लिदां कर दर्ता प्रमाणपत्रको फोटोकपि समेत पेश गर्नु पर्नेछ ।
५.विज्ञापन रकम भुक्तानी गर्दा आयकर ऐन २०५८ अनुसार लाग्ने आयकर कट्टा गरेर मात्र भुक्तानी गरिने छ ।

विस्तृत जानकारीको लागि यस विभाग तथा सम्वन्धित संचार केन्द्रहरुमा संपर्क गर्नु हुन वा सूचना विभागको Web Site : doinepal.gov.np र संचार केन्द्रको Web Site : communicationcenter.gov.np मा हेर्नु हुन अनुरोध छ ।
© Department of Information.
Designed by SoftBank