नेपाल सरकार
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

Admin and Planning Section

Administration and Planning Section / योजना तथा प्रशासन शाखा

१) विभागमा कार्यरत कर्मचारीहरूको अभिलेख अध्यावधिक राख्ने,
२) कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने ।
३) कार्यालयको सुरक्षा, पालोपहरा, सरसफाई, शौचालय, बागबगैंचाको व्यबस्थापन गर्ने ।
४) कार्यालयको भौतिक सामग्रीहरूको संरक्षण तथा सर्म्वर्द्धन गर्ने ।
५) जिन्सी सामग्री खरीद, आम्दानी तथा लिलाम विक्री सम्बन्धी कार्य गर्ने ।
६) विभागको आवधिक तथा वाषिर्क कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन एवं प्रतिवेदन तयार गर्ने ।
सूचना विभागको दैनिक प्रशासनिक कार्य महानिर्देशकको नेतृत्वमा सञ्चालन हुने गर्दछ । महानिर्देशक विभागको प्रशासनिक, आर्थिक लगायत अन्य सम्पूर्ण कार्यहरूको जिम्मेवारी वहन गर्दै आफनो कामकर्तव्यका सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयप्रति उत्तरदायी हुनेछन् । विभागका महानिर्देशक र अन्य कर्मचारीहरुले गर्ने कामको कार्य विवरण प्रचलित कानूनमा तोकिएकोमा सोही बमोजिम हुने र सो बाहेकको काम कार्यविवरणमा उल्लेख भए अनुसार हुनेछ ।

कार्यविधि सम्बन्धी अन्य व्यबस्था
(फोटो शाखाबाट खिचिएका फोटोहरु वेबमा राख्ने र उपलब्ध गराउने)

१) यस विभागले प्रदान गर्ने सेवाहरू समयमै उपलब्ध हुन नसकेमा वा विभागीय कामकारबाहीमा कुनै गुनासो/सुझाव भए गुनासो सुन्ने अधिकारीसँग सर्म्पर्कराख्न सकिनेछ । लिखितरूपमा उजुरीपेटिकामार्फ आउन चाहेमा सोको समेत व्यवस्था छ ।
२) सेवा पाउनका लागि गरिने सबै किसिमका निवेदनमा नियमानुसार टिकट टाँस गर्नुपर्नेछ ।
३) सम्बन्धित शाखाको कामको जिम्मेवारी सम्बन्धित शाखा अधिकृतलाई तोकिएको छ । यस सम्बन्धमाम राजपत्रअनङ्कति कर्मचारी पनि आफ्नो कामप्रति जिम्मेवार हुनेछन् ।
४) कार्यविधिअनुसार काम नगर्ने कर्मचारी उपर हुने कारवाही मनासिव माफिकको कारण देखिएका बाहेक कार्यविधि अनुसार काम नगर्ने कर्मचारीलाई सुपरीवेक्षक र अनुगमनकर्ताको सिफारिसमा महानिर्देशकबाट निम्नानुसार कारवाही हुन सक्नेछः
क. सुधारात्मकः- मौखिक रुपमा सचेत गराउने, सुध्रिने मौका दिने आदि ।
ख. सचेतात्मकः- सुधारात्मक प्रक्रियावाट सुधार नभई पुनः त्यस्तोगल्ती दोहोर्‍याएमा लिखित रुपमा सचेत गराउने ।
ग. दण्डात्मकः- तीनपटकभन्दा बढी लिखितरुपमा सचेत गराउंदा पनि सुधार नभएमा निजामती सेवा ऐन तथा नियमावली बमोजिम कारवाही गरिने छ ।
५) निर्देशक तथा वरिष्ठ छविकारले आफूलाई तोकिएको शाखाहरुको कामको प्रत्येक महिना अनुगमन गरी महानिर्देशक समक्ष प्रतिवेदन बुझाउनु पर्नेछ ।
६) विभागको सम्पूर्ण कामको अनुगमन र मूल्याङ्कन महानिर्देशक स्वंयबाट हुनेछ ।

© Department of Information.
Designed by SoftBank