नेपाल सरकार
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

Account Section

आर्थिक प्रशासन शाखाको काम

सूचना विभागको आर्थिक प्रशासन शाखाको काम देहाय बमोजिम रहेको छ :
१. विभागको चालु तथा पूजिंगत तर्फको वार्षिक बजेट तर्जुमा गर्ने । बजेट तयार गर्दा विभागको योजना तथा प्रशासन शाखासंगको समन्वय लिने ।
२. राजश्व र धरौटीको आम्दानी बाध्नें ।
३. लोक कल्याणकारी विज्ञापन वापतको रकम भुक्तानीको व्यवस्था गर्ने ।
४. वेरुजु फछ्र्यौट गर्ने गराउने ।
५. म.ले.प.वाट अन्तिम लेखा परीक्षण गराउने ।

यस वाहेक तोकिएको अन्य कामकाज गर्ने :

१. यस विभागको निम्ति प्राप्त विनियोजित बजेट रकमको आर्थिक ऐन र अख्तियारी अनुसार खर्च लेख्नको निम्ति पेश गर्ने, खर्च लेखि अभिलेख राख्ने र सम्वन्धित निकायमा समयमै विवरण पठाउने व्यवस्था मिलाउने ।
२. यस विभागमा विभिन्न माध्यमवाट हुने आम्दानीको ऐन नियम अनुसार आम्दानी जनाई दाखिला हुनुपर्ने ठाउंमा दाखिला गर्ने व्यवस्था मिलाउने ।
३. आम्दानी र खर्चको ऐन नियमानुसार गर्नु पर्ने निर्णय र सूचना आदिको लागि पेश गर्ने ।
४. बेरुजु फछ्र्यौटको निम्ति निरन्तर आवश्यक काम गर्ने गराउने र सोको निम्ती आवश्यकता अनुसार निर्णय गर्नु पर्ने भएमा पेश गर्ने ।
५. विभाग तथा अन्य विभिन्न निकायवाट भएका खर्च सम्वन्धी निर्णयहरुको अभिलेख दुरुस्त किसिमले राख्ने ।
उपरोक्त कार्य गर्नको निमित्त हाल विभागमा देहाय अनुसारको पदमा देहाय अनुसारका कर्मचारीहरु कार्यरत रहुन भएको छ ।

कार्यरत कर्मचारी :

१.
२.
३‍.

© Department of Information.
Designed by SoftBank